Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

जाजरकोट : नलगाड नगरपालिका– १ चिउरी निवासी ४२ वर्षीय भगवती शाहीको हत्या आरोपमा उनका श्रीमान लेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् माथि हत्याको आरोप लागेको हाे।

हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो। चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतीको मृत शरीर फेला पारेको थियो।

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गर्दै लखेट्दै जंगलतिर लगेको र त्यहाँ नजिकै भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले जानकारी दिए।

हत्यामा संलग्न श्रीमान् लेकबहादुरलाई नियन्त्रणमा लिइएको उनले बताए।

लेकबहादुर नेपाली र भगवती शाहीले २२ वर्ष अघि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर अन्तर्जातीय विवाह गरेका गरेका थिए। माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेका थिएनन्। छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईंलाई बोलाएका थिएनन्।

कथित माथिल्लो जात भनिने ठकुरीकी छोरी थिइन्, भगवती। लेकबहादुर दलित थिए। त्यही विषयमा उनीहरुबीच बेलाबेला ठाकठुक भइरहन्थ्यो।

लेकबहादुर बेरोजगार थिए। उनीहरुका एक छोरा, एक छोरी छन्। बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरुबीच मनमुटाब पनि बढ्दै गएको थियो।

पछिल्लो केही वर्षयता लेकबहादुर धेरै जाँडरक्सी पिएर श्रीमती कुट्ने गर्दथे।

मृतकको घर र शव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ। ‘शव गन्हाउने अवस्थासम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई खबर पनि नगर्नुले श्रीमानकै संलग्नताको पुष्टि हुन्छ’ डीएसपी निरौलाले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP