Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काँचो सुन ओसारपसार गर्ने दुई जनामाथि राजस्व छलीको मुद्दा

काठमाडौं : राजस्व अनुसन्धान विभागले काँचो सुन खरिदबिक्री गर्दा राजस्व चुहावट गर्ने दुई जनामाथि मुद्दा दायर गरेको छ।

विभागले रुपन्देही सिद्धार्थनगर नगरपालिका घर भई हाल काठमाडौं टोखा नगरपालिका ६ मा गणेश ज्वेलर्स सञ्चालन गरिरहेका सुनिता विक र कास्की पोखरा महानगरपालिका १४ बस्ने २५ वर्षका रमेश सुनारविरुद्ध जिल्ला अदालत कास्कीमा असार १४ गते मुद्दा दर्ता गरेको हो।

२०७८ माघ १५ गते सुनार पोखरा पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम काँचो सुन सहित पक्राउ परेका थिए। पक्राउ परेका उनलाई प्रहरीले विभागमा बुझाएपछि अनुसन्धानको क्रममा अवैध सुन ओसार पसार गरी राजस्व चुहावट गर्ने कार्यमा ज्वेलर्सका सञ्चालकको समेत संलग्नता रहेको खुलेको हो।

अनुसन्धानको क्रममा चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरेको, बैङ्क तथा दर्ता रहेको फर्मबाट सुन खरिद नगरी अन्यत्रबाट सुन चोरी पैठारी गरी काँचो सुन खरिद गरेको प्रमाण पेश गर्न नसकेको विभागले जनाएको छ।

साथै उनीहरूले प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने राजस्व नबुझाएको तथा राजस्व नतिर्ने नियतले सुन ओसारपसारमा संलग्न रहेको पुष्टि भएको छ। बरामद गरेको सुनको मूल्य बराबर ८० लाख १३० रुपैयाँ बराबरको विदेशी विनिमय अपचलन गरेकोले  उनीहरुविरुद्ध विभागले सोही रकम बराबरको बिगो कायम गरी सजाय माग गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP