Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। 

ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।

प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  खोजी गरेका थियो। यस क्रममा बालिका राजपुर नगरपालिका वडा नं–१ बहुअर्वा मदरसा अगाडि सडक छेउमा बाँसले बनाएको खाटमा सुताई राखेको अवस्थामा फेला परेकी हुन्। प्रहरीले बालिकाको सकुशल उद्धार गरेको छ। 

बालिकालाई बन्धक बनाई फिरौती माग गर्ने हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  उनले प्रयोग गरेको बी आर ०५ ए एफ ०२८२८ नम्बरको भारतीय मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीले अनुसन्धानका लागि शुक्रबार हुसेनलाई रौतहट जिल्ला अदालतमा पेश गरी पाँच दिनको थप म्याद गराएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP