Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी छिन्। त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले सबैको पहुँचका लागि स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी हुन्।

यस्तै उनले नेपाल स्वास्थ्य प्रणालीमा आत्मनिर्भर हुन स्वास्थ्य संस्थाहरूको स्थापना गर्नुपर्ने बताइन्। ‘देशलाई स्वास्थ्य प्रणालीमा आत्मनिर्भर बनाउन स्वास्थ्य संस्थाहरूको स्थापना गर्न आवश्यक छ’‚ उनले भनिन्।

यस्तै राष्ट्रपति भण्डारीले स्थानीय स्तरबाटै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउनका लागि आधुनिक प्रविधिमा जोड दिनेदेखि चिकित्सक, नर्स तथा पारामेडिक्स आवश्यकता अनुसार प्रक्षेपण गर्नुपर्ने अवस्था रहेको समेत उनले बताइन्।

उनले रोग लागेपछिको उपचारभन्दा रोग लाग्न नदिने वातावरण बनाउनुपर्ने बताइन्। उनले हाल नेपालमा भइरहेको मेडिकल शिक्षाले स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका रहेको समेत बताइन्।

यस्तै उनले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने, स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्षरूपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताइन्।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गरिन्।

‘स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट शहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ’, राष्ट्रपति भण्डारीले भनिन्।

यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताए। ‘कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ। सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ’‚ उनले भने।

मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा २ हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको समेत बताए। संस्थानका डीन प्रा. डा. दिव्यासिंह साहले ३०१ शय्याबाट शुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल एक हजार शय्या पुगेको बताइन्। संस्थानमा हाल स्नातक तहदेखि विद्यावारिधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ।

सन् १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो। संस्थानअन्तर्गत हाल देशभर सात आङ्गिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन्। विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ। उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ।

कार्यक्रममा संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ४४ विधाको अध्ययन, अध्यापन एवं अनुसन्धानको काम भइरहेको छ। कार्यक्रममा संस्थानका पूर्व डीन प्रा.डा. मोहिन साह, प्रा.डा. हेमाङ्ग दीक्षित, प्रा.डा. गोपालप्रसाद आचार्य, प्रा.डा. मदनप्रसाद उपाध्याय, प्रा.डा. भीष्मराज प्रसाइँ, प्रा.डा. हरिगोविन्द श्रेष्ठ, प्रा.डा. अरुण सायमी, प्रा.डा. धर्मकान्त बाँस्कोटा, प्रा डा. राकेशप्रसाद श्रीवास्तव, प्रा.डा. केशवप्रसाद सिंह र प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP