Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुईजना पक्राउ

पर्वत : नक्कली सुन देखाएर सक्कली भन्दै ठग्न खोजेको आरोपमा कास्कीमा दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार चितवनको माडी नगरपालिका–८ वसन्तपुर स्थायी घर भई हाल जिल्ला कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोलमा बस्दै आएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) पक्राउ परेका हुन्। उनीसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ रापाकोट घर भई हाल पोखरा– १६ घर्मीखोलामा बस्दै आएका ४० वर्षीय डिलबहादुर विक पनि पक्राउ परेका छन्।

उनीहरूले गते असार ३१ गते पोखरा महानगरपालिका–८ न्यूरोडमा रहेको एक होटेलमा नक्कली सुनको दुईवटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोजेको प्रहरीले बताएको छ। ठगी गर्न खोजेको सूचना पाएपछि जिल्ला कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP