Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

किर्ते लालपुर्जा बनाई अर्काको जग्गा बेच्ने पक्राउ

काभ्रे : काभ्रेमा अर्काको नाममा रहेको जग्गाको किर्ते लालपुर्जा बनाई आफ्नै भनी नक्कली विक्री गरी १ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाई बिक्री गरेको आरोपमा साविक धादिङको जीवनपुर गाविस–५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मी लगायतलाई पक्राउ गरेको हो।

प्रहरीले जग्गा खरिद गर्नेमध्ये चारजनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेका कर्मचारीलाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा मुख्य व्यक्ति रविप्रसाद रेग्मीसहित मालपोतका कर्मचारी रामविनय यादव र सतीश भण्डारी रहेका छन्। उनले यादव र भण्डारीको नक्कली जग्गा विक्री गर्ने गिरोह रेग्मीसँग मिलेमतो रहेकाले पक्राउ गरी अनुसन्धान गरिरहेको बताए।

पक्राउ परेका रेग्मीले काभ्रेको बनेपा नगरपालिका–२ बस्ने ज्ञानबहादुर खड्गी लगायत ६ जनालाई बनेपा–१ स्थित चाइना टाउनको बास्केटबल कोर्ट अगाडि रहेको जग्गा आफ्नो नाममा रहेको भनी नक्कली लालपुर्जा र नक्सा सिट समेत देखाई बैनाबापत १ करोड २१ लाख ५० हजार रुपैयाँ समेत लिएका थिए।

रेग्मीले मलपोतका कर्मचारी यादव र भण्डारीसँग मिलेर नक्कली राजीनामा कागज, घरबाटोको सिफारिस पत्र, ललापुर्जाको दर्ता प्रमाण जस्ता कागजातको आधारमा जग्गा पास गरी दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गाधनी दर्ता प्रमाणपुर्जा समेत किर्ते बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ।

त्यस्तै डिएसपी खतिवडाले रेग्मीको घर खानतलासी गर्दा ८ लाख ५० हजार रुपैयाँसहित कसुरसँग सम्बन्धित प्रमाण लाग्ने नक्कली लालपुर्जा लगायतका महत्त्वपूर्ण कागजात फेला परेको बताए।

डिएसपी खतिवडाका अनुसार लेखापढी व्यवसाय गर्ने काभ्रेको पनौती–९ बस्ने ४५ वर्षीय राजन थापा र उनकी श्रीमती ४२ वर्षीया सीताकुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएको छ। उनीहरूले सञ्चालन गरेको लेखापढीको कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरण बरामद गरिएको छ।

काभ्रेस्थित घरबाट पक्राउ परेका रेग्मीउपर कास्कीको जिल्ला प्रहरी कार्यालयमा २०६८ असार १४ गते र जिल्ला प्रहरी परिसर काठमाडौँमा २०६९ चैत १० गते ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट खुल्न आएको छ।

डिएसपी खतिवडाले पक्राउ परेका रेग्मी लगायतलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुरअन्तर्गत कानुन बमोजिम कराबाही हुने बताए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP