Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साथीको बच्चा अपहरणकर्ता सीमाक्षेत्रमा परे प्रहरी फन्दामा

विराटनगर : एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले विराटनगरबाट  बालिकालाई अपहरण गरेर भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको मोरङ प्रहरीले  जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर-५ की अनु साह र विराटनगर-६ रामपुर बस्ने २७ वर्षीय रवीन्द्रकुमार साह रहेका मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार रवीन्द्र अपहरणका मुख्य योजनाकार हुन्।

दुईजनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दीपेन यादवकी १ वर्षकी छोरी निकिशा यादवलाई विराटनगर १२ रोडशेष चोकछेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेको एसपी कोइरालाले बताए।

यसरी भएको थियो घटना
यादव र अनुको २ वर्षदेखि आपसमा चिनजान थियो। त्यही अनुसार अनुले दीपेन यादवलाई बच्चा हेर्नु छ भन्दै बोलाएकी थिइन्। अनुको भनाइ मानी यादवले पनि आफ्नी एक वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए। क्रममा चिया खाने निहुँ बनाएर अनुले दीपेनको आँखा छली बच्चा लिएर भागेकी थिइन्।

भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाए
अनुले बच्चा लिएर आउँदा रवीन्द्र साह मोटरसाइकल लिएर तम्तयार बसेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि रवीन्द्र साहको प्र.१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौली पुर्‍याएको र उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाएर रवीन्द्रकुमार साह सोही दिन विराटनगर फर्केको अनुसन्धानमा खुलेको छ।

बालिका हराएको पोष्ट  हटाउन धम्की
योजनाकार रवीन्द्रले अनुको मोबाइलमार्फत पीडित परिवारलाई  बालिका हराएको पोष्ट सामाजिक सञ्जालबाट हटाउन धम्की समेत दिएका थिए। भारतको दरभंगामा अनुले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी अनुसन्धानमा खुलेको छ। खोजी गर्ने क्रममा आज बिहान ८ बजे नेपाल-भारतको सीमाक्षेत्रबाट अपहृत बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

यसैगरी घटनाका योजनाकार रवीन्द्रलाई भने बुढीगंगा-१ स्थित उनले सञ्चालन गरेको श्रीराम ट्रेडर्सबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरू दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरूलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले उनीहरूको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP