Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवविवाहित युवतीको मृत्यु, दाइजोको निहुँमा हत्या गरेको माइतीको आरोप

रौतहट : वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्।

मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ।

ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए।

उनले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिन खोज्दा समेत प्रहरीले जाहेरी लिन नमानेको बताए। प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेको भन्दै आक्रोश पोखे।

जातीय परम्परा अनुसार एक महिनाअघि २०७९ असार ६ गते रमाकान्तसँग सञ्जुको विवाह भएको थियो। विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको रामचन्द्रले बताए।
 
सञ्जुको बिहेमा दाइजोकै विषयलाई लिएर विवाद भई केटा र केटी पक्ष बीच कुटाकुटको घटना समेत भएको थियो। पछि विवाद मिलाएर विवाह सम्पन्न भएको थियो। विहेको दिनदेखि नै सञ्जुले घरमा यातना पाएको माइतीपक्षको आरोप छ।

हत्या भएको दिन साँझ करिब ६ बजेको समयमा सञ्जुसँग इमोमा कुरा भइरहँदा गाली गरेर फोन काट्न लगाएको आमाले बताइन्। केही बेरमा सञ्जुकी ठूलीे दिदीले इमोमा फोन गर्दा फोन रिसिभ भएको र सञ्जु झुण्डिएकोे अवस्थामा देखिएकी थिइन्।

लगत्तै आफूहरू सञ्जुको घर पुग्दा उनलाई घरको बरण्डामा सुताएर राखेको थिए। स्थानीय बासिन्दाले समेत दाईजो नदिएका कारण सञ्जुको हत्या भएको हुनसक्ने बताएका छन्।

इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी बरूण सिंहसँग बुझ्दा पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र घटना बारेमा अनुसन्धान भइरहेको बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP