Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

७ वर्ष जेल बसेर फर्केको दुई महिना नपुग्दै काकाको हत्या

काठमाडौं : मान्छे मारेर ७ वर्ष जेल सजाय काटेर छुटेको दुई महिना नपुग्दै एक व्यक्ति फेरि अर्को हत्याको घटनामा समातिएका छन्। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ४५ वर्षीय रामनाथ दास जेलबाट छुटेको ५२ दिनपछि पुनः पक्राउ परेका हुन्।

कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद सजाय काटेर छुटेका दासलाई हत्याको आरोपमा फेरि समातिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। हिजो साँझ करिब ५ बजे पिपरा गाउँपालिका सहोडवा गाउँबाट एकहरिया जाने पिच सडकभन्दा पूर्वपट्टी रहेको आँपको बगैँचामा स्थानीय ६० वर्षका रामबहादुर दासको शव फेला परेको थियो।

अनुहार, टाउकोमुनिको भागमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा रामबहादुरको शव फेला परेको इलाका प्रहरी कार्यालय सहोडवाले जनाएको छ।

घटना अनुसन्धानका क्रममा घटनास्थलनजिक खेतमा खनेको कुलोमा रगतको छिटा लागेको कोदालो बरामद भएको थियो। सो कोदालो दिउँसो रामनाथले आफ्नै घरबाट बोकी खेततर्फ आएको भनि रामनाथकै पत्नीले सनाखत गरिदिएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको थियो।

प्रहरीका अनुसार रामबहादुर आँपको बगैँचामा सुतिरहेको अवस्थामा उनका भतिज रामनाथले उनको अनुहार, कन्चटमा कोदालोको धारिलो भागले यत्रतत्र प्रहार गरी अनुहारदेखि कन्चटसम्मको भाग काटी हत्या गरेको जनाएको छ। उक्त कोदालो घटनास्थलबाट उत्तरपट्टी कुलोमा फाली नुहाएको तथा शरीर र कपडामा लागेका रगतका छिटा धोइपखाली गरेको खुलेको छ। धोएको लुगासमेत प्रहरीले रामनाथकै घरबाट बरामद गरेको छ।

घटनालगत्तै फरार रहेका रामनाथलाई सहोडवा चाँदनी चौकबाट जिप्रका महोत्तरी र इप्रका सहोडवाको संयुक्त टोलीले करिब डेढ घण्टाभित्रै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

रामनाथ समेतले २०५३ साल चैत ११ गते महोत्तरी साविकको सहोडवा गाविस वडा नं ५ बस्ने रामविलास दास तत्मालाई  कुटपिट गरी हत्या गरेका थिए। सोही घटनामा कर्तव्य ज्यान मुद्दा लागेका रामनाथ करिब ७ वर्ष कैद सजाय भुक्तान गरि २०७९ जेठ १५ गते गणतन्त्र दिवसको दिन केन्द्रीय कारागार त्रिपुरेश्वर  काठमाडौंबाट छुटेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP