Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भारतीय गाडीमा ल्याएको ठूलो परिमाणको लागुऔषध र चालक पक्राउ

पर्सा : भारतबाट गाडीमा लुकाई छिपाई ल्याएको ठूलो परिमाणको लागुऔषधसहित कार र चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारतीय नम्बरको मारुती कारको सिटमुनी फल्सबटम बनाई ल्याएकाे ठूलो परिमाणको तयारी लागुऔषध र चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

मुलुकको प्रमुख भन्सार नाकाबाटै खुलेआम नेपाल छिराइसकेको अवस्थामा भारतीय नम्बरको बीआर ०७ वाई ८२०१ नम्बरको सुजुकी मारुती अल्टो कारमा ल्याएको ६ हजार ५ सय ८९ थान तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध बरामद गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

‘यति धेरै परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएपछि कार र चालकलाई छोड्ने कुरा भएन, उनले भने। प्रहरीले पक्राउ गरेका ती व्यक्ति भने पर्साको वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १० बस्ने ३१ वर्षीय अनिल कुमार रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

पर्सा प्रहरीको क्राइमटोलीका इन्चार्ज प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारी परिमाणको लागुऔषध बरामद गर्न सकेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको लागुऔषध मध्ये डाइजोपाम १ हजार एक सय ५५ एम्पुल, नाइट्रोभेट ट्याब्लेट १ हजार ७ सय ८५ थान, नुर्फिन ९ सय ७८ थान, फेनार्गन ८ सय ८६ थान गरी कुल ६ हजार ५ सय ८९ थान रहेको पनि पर्सा प्रहरीले जनाएको छ।

लागुऔषध, कारसहित पक्राउ परेका अनिल कुमारलाई लागुऔषध सम्बन्धी कसुरमा कारबाही प्रकृया अगाडि बढाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP