Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अनुदानकाे मल निजी पसलमा बेच्दै सहकारी

रौतहट : रौतहटमा अनुदानको मलमा सहकारी संस्थाहरुले कालोबजारी गर्न थालेका छन्। किसानको लागि आएको मल सहकारी संस्थाहरुले मोटो रकम कमाउने चक्करमा निजी पसलेलाई बेच्ने गरेको पाइएको हो।

अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन्।

किसानलाई मल अभाव भएका बेलामा सो संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट पटक–पटक आएको डिएपी र युरिया मल निजी पसलेलाई बेचेको भन्दै वृन्दावन ८ का स्थानीय किसानहरुले मंगलबार विरोध जनाउँदै सो सहकारी संस्थामा ताला लगाएको स्थानीय युवा समाजसेवी सलामोदिन दर्जीले जानकारी दिए।

जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालक उपेन्द्र प्रसाद यादव (उपी)ले सहकारीको नाममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गौरबाट तीन पटक अनुदानको मल ल्याएर निजी पसलमा बेचेको स्थानीयको भनाई रहेको छ।​​

यादवले पहिलो पटकमा १५८ बोरा दोस्रो पटक १५० र तेस्रो पटक १३० बोरा युरिया र डिएपी मल ल्याएर निजी पसलमा बेचेको स्थानीय युवा नेता राजेश पासवानको गुनासाे छ।

यादवले प्रतिबोरा ७९० रुपैयाँ पर्ने युरिया मल विभिन्न निजी पसलेसँग १३५० रुपैयाँ र २२४० रुपैया पर्ने ३ हजारमा बेच्ने गरेको स्थानीयको गुनासाे छ। किसान मल किन्न जाँदा मल सकिएकाे र ल्याएपछि दिने भन्दै फर्काउने गरिएकाे थियो।

वृन्दावन नगरपालिकामा दर्ता रहेकाे सो सहकारी नियम विपरीत गरुडा नगरपालिका वडा नं–८ विर्ता चाेकमा सञ्चालनमा रहेको छ। वृन्दावन नगरपालिकाले जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडलाई वडा नं ८ का किसानहरुलाई मल वितरण गर्ने सर्तमा सो संस्थालाई मल उपलब्ध गराइदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई सिफारिस गरेका हुन्।

सो संस्थाका सञ्चालक उपेन्द्र प्रसाद यादव (उपी)ले गत जेठ १८ गते कृषि समाग्री कम्पनी लिमिटेड चन्द्रनिगाहापुरबाट ९५ बोरा युरिया र ५ बोरा पोटास खाद्य मल लगेको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख रवि कुमार केशरीले जनाएका छन्।

यादवले सो मल पनि निजी पसलेलाई बेचेको स्थानीयले आरोप लगाएका छन्। मंगलबार स्थानीयले विरोध जनाउँदै सो संस्थामा तालाबन्दी गरी स्थानीय प्रहरी चौकी विर्तामा उजुरी समेत दिएका छन्।

यस बिषयमा जय शिव शंकर उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालक उपेन्द्र प्रसाद यादवसँग बुझ्न खोज्दा उनको फोन उठ्न सकेकाे छैन्।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP