Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलन आधाले घट्यो

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।

महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो। 

यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा गत वर्ष त्यो पनि नगएको हो। 

कार्यालयका अनुसार साउनमा भारतबाट ८ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३, असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा ९ लाख १९ हजार ३८२, मंसिरमा १० लाख ५५ हजार २२, पुसमा २ लाख ३८ हजार ३६३ रुपैयाँको सामान आयात भएको छ।

यस्तै माघ महिनामा ४ लाख ९१ हजार ३७२, फागुनमा ५ लाख ८४ हजार ३८२, चैत्रमा ३ लाख ४ हजार ९५२, वैशाखमा २ लाख ३३ हजार ८९, जेठमा ४ लाख २९ हजार ५२४ र असारमा ६ लाख २० हजार ६२२ रुपैयाँको सामान भित्रिएको छ।

महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक वर्षमा भन्सार महसुलबाट १६ लाख ३ हजार ८७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५ सय, मूल्य अभिवृद्धिकर ६ लाख ६३ हजार ४६८, अन्तःशुल्कबाट १२ हजार ५६ रुपैयाँ राजस्व संकलन गरेको बताएको छ।

यस्तै महाकाली भन्सार कार्यालय झुलाघाटले २३ लाख ६६ हजार ८९७ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा भन्सार कार्यालय झुलाघाटले ४३ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार ८९७ मात्रै संकलन भएको हो।

अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको हो। झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी काठमाडौँबाटै ल्याउने गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP