Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मानव अधिकार आयोगले गर्‍यो ४१२ उजुरी फर्छ्यौट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आव ०७८/७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरेको छ।

पुनः पेश गरिएका उजुरीहरूसमेत गरी आयोगले ४ सय १२ वटा उजुरी उपर निर्णय गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आयोगले ३ सय ५१ उजुरीहरू फर्छ्यौट गर्दै सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिश गरेको छ।

फर्छ्यौट गरिएका उजुरीमा ९ उजुरी खारेज भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन्। पुनः पेश भएका उजुरी ६१ वटा छन्। यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएका आयोगले जनाएको छ।

आयोगले गरेका सिफारिश भएकामध्ये अधिकांश सरकारले कार्यान्वयन गर्न नसकेको आयोगले जनाएको छ। यो अवधिमा आयोगले कोभिड–१९, स्थानीय तह निर्वाचन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता अधिकार, कारागार र हिरासतमा मृत्यु, जातीय विभेद, सीमान्तकृत समुदायको अधिकारलगायत विषयमा अनुगमन गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP