Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चितुवाको छाला सहित दुईजना पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीय मालती मल्ल (सेठी) र वडा नं ३ का जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट दुई थान वयस्क चितुवाको छाला बरामद गरिएको छ। बरामद गरिएका छालामा एक ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइको रहेको छ। अर्को छाला ७ फिट २ इन्च लम्बाइ र २ फिट ८ इन्च चौडाइको रहेको छ।

चितुवाको छाला बुधवार साँझ देखतभूली निरञ्जन मल्लको धानबालीमा बोरी भित्र लुकाई राखेको अवस्थामा भेटिएको छ। पक्राउ परेका दुवैजना निरञ्जनकै कुखुरा फार्मको काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

चितुवाको छाला पहाडी क्षेत्रबाट ल्याएको हुन सक्ने उनले बताए। पक्राउ परेका दुवैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP