Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४ लाख घुससहित समातिएका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : ४ लाख रूपैयाँभन्दा बढी घुस रकमसहित पक्राउ परेका इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर डाँगीविरुद्ध ४ लाख ६ हजार ५०० रूपैयाँ बिगो जफत गर्न माग गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर डाँगीलाई गत असार २४ गते ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा उनले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरीदिने भन्दै सेवाग्राहीबाट घुस लिएको पाइएको छ।

घुस रकम ५० हजार खानतलासी गर्ने क्रममा थप ३ लाख ५६ हजार ५०० रूपैयाँसमेत बरामद भएको थियो।

उक्त रकमसहित काम गरिदिए बापत सेवाग्राहीबाट लिएको खुलेको तथा सो रकमको स्रोत खुलाउने प्रमाण पेश गर्न नसकेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार इन्जिनियर डाँगीबाट घुस रकम बराबरको बिगोसहित कैद र जरिवानासहित सजायको माग गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP