Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पहिलेका चहलपहल बस्ती अहिले सुनसान

सर्लाही : कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले भने सुनसान देखिन थालेका छन्।

जिल्लाका त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजो आज ओझेलमा पर्दै गएको हुन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार विस्तार हुने क्रम तीव्र छ।

राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रुपमा बजार विकास हुन सकेको छैन। जिल्ला सदरमुकामसमेत रहेको मलंगवा बजारमा नै पहिलेको जस्तो चहलपहल खासै छैन। सदरमुकाममा रहेका अधिकांश कार्यालयहरु पालिकामा गएपछि सदरमुकामको चहलपहल घटेको स्थानीयहरु बताउँछन्।

राजमार्गमा रहेका बजारमा शिक्षा, स्वास्थ्य, रोजगारलगायत अन्य सुविधा भएकाले पनि पछिल्लो समय ग्रामीण बस्तीबाट शहर बजारमै बसाइ सरेकाले पनि पुराना बस्तीमा मानिसहरुको चहलपहल घट्दै गइरहेको छ।

हरिपूर्वा नगरपालिका–५, निवासी ७१ वर्षीय रामपवित्र रायले राजमार्ग क्षेत्रमा चौतर्फी बस्ती विकास हुँदै गएपनि ग्रामीण भेगका पुराना हाटबजार ओझेलमा पर्दै गएको बताए।

‘पहिले त राजमार्ग क्षेत्रका मानिसहरु हाम्रोतिर हाटबजार गर्न आउँथे, अहिले हामी नै बयलवास वा मलंगवा तथा राजमार्ग क्षेत्रमा बजार भर्न पुग्नुपर्छ,’ रायले भने, ‘दुई दशकमा यस क्षेत्रको अवस्था निकै फेरिएको छ। धेरै इतिहास र प्रमाण मेटिँदै गएका छन्।

जिल्लामा पहिलेका प्रसिद्ध बजार क्षेत्र अहिले ग्रामीण बस्तीमा परिणत भइसकेका छन्। हरिपुर नगरपालिकास्थित चितायन निवासी एवं शिक्षक चेतनारायण धामीले ऐतिहासिक महत्व बोकेका धेरै ठाउँहरु ओझेलमा परिसकेको बताए।

धामीका अनुसार ऐतिहासिक महत्व बोकेको चितायन नै अहिले ओझेलमा परिसकेको छ। ‘पहिले–पहिले यहाँ एक महिनासम्म मेला लाग्थ्यो, त्यही मेलामा आएर जिल्लाभर र पहाडी जिल्ला तथा छिमेकी मुलुक भारतका स्थानीयसमेत आएर वर्ष दिनभरी खान पुग्ने खाद्यान्न किनेर लान्थे, अहिले त्यो अवस्था छैन्, वर्षमा दुईचार दिन मात्रै मेला लाग्छ, जिल्ला बाहिरका मान्छे आउनै छाडिसकेका छन्, ‘धामीले भने।

लालबन्दी नगरपालिका–७, निवासी रंगनाथ पराजुलीले दश वर्षको अन्तरालमा लालबन्दीको अवस्था निकै फेरिएको बताए। बजारको विस्तार र सेवा सुविधा सहज भएपछि लालबन्दीमा जिल्लाभरबाट मानिस बसाइसराइँ गरेर आउने क्रम तीव्र भएको पराजुलीले बताए।

ग्रामीण भेगका हाटबजार ओझेलमा परेपनि यहाँको प्रमुख व्यापारिक केन्द्र लालबन्दी र हरिवन बजारको भने तीव्र रुपमा विकास भइरहेको छ। बजार र बस्ती विकास भएसँगै यहाँ घर जग्गाको कारोबार पनि निकै बढेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP