महोत्तरी – महोत्तरीको गौशाला–सम्सी सडक खण्डमा छुरा प्रहार गरी एक जना व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि नचिनेकाे समूहले छुरा प्रहार गरी उहाँको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हाे ।
आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आउनु भएका अरुण गौशालाबाट पैसा बोकी प्रदेश-२–०२–००४ प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले पैसा लुटेको थियो । चाैधरीको मोटरसाइकल रोकी उहाँकाे तिघ्रामा छुराले हानेर घाइते बनाइ पैसा लुटेर त्यस समूहका मानिस भागेका थिए ।
छुरा प्रहारबाट घाइते हुनुभएका चाैधरीको गौशालामा रहेकाे पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया