Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एकैदिनमा राहदानी बनाइदिने प्रलोभनमा ठगी गर्ने चारजना पक्राउ

काठमाडौं : प्रहरीले तुरुन्तै राहदानी बनाइदिने भन्दै ठगी गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्चीका ३३ वर्षीय रामबहादुर बोगटी, हेलम्बु गाउँपालिकाका २२ वर्षीय राम पौडेल, धनकुटा पाख्रिवासका २८ वर्षीय श्यामकुमार राई र काठमाडौं गोकर्णेश्वरका ४१ वर्षका विवेक गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीलाई एकै दिनमा राहदानी बनाइदिने भन्दै ठगी गर्ने गरेका थिए। प्रहरीले गोप्य सूचना पाएलगत्तै बिहीवार प्रहरीवृत्त कालिमाटीबाट टोली खटिएको थियो।

राहदानी विभागमा पुगेका प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट ३२ थान विभिन्न व्यक्तिका नाममा भरिएका अनलाइन फारम, ३ थान ल्यापटप, एक थान प्रिन्टर र ३ वटा मोबाइल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको छ। उनीहरूले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने भन्दै पीडितहरू भए प्रहरीवृत्त कालीमाटीमा जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP