Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ट्रक किनेकाे पैसा दिने भन्दै बाेलाएर साथीकाे हत्या

अर्घाखाँची – आफूले बेचेको ट्रकको पैसा लिन भनी अर्घाखाँचीको पोखराथोकमा आएका विष्णुबहादुर पाण्डेको हत्या भएको छ । गाडी किनेको पैसा दिने बहानामा अर्घाखाँचीको पोखराथोकमा लगी अर्घाखाँची घर भइ रुपन्देहीको बुटवलमा गाडीको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक) ले आफ्नै साथी पाण्डेको हत्या गरेका हुन् ।  

अर्घाखाँचीको मालारानी गाउँपालिका २ घर भइ रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको शव शनिवार पोखराथोकमा भेटिएको थियो । शवको बारेमा अनुसन्धान गर्दै जाँदा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताउनुभयो ।  

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको शव पाणिनी गाउँपालिका २ मा पर्ने डाँडाकटेरीको वनमा भेटिएको थियो । हत्याको अभियोगमा पाणिनि–२ पोखराथोक घर भइ सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ वर्षीय कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले आफ्नै साथीको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

गौतमलाई बिक्री गरेको लु १ ख ७७८१ नम्बरको ट्रक पास गर्न भनी हिँडेका पाण्डे सम्पर्कमा नआएपछि उनकी छोरीले प्रहरीमा उजुरी गरेकी थिइन् । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले खोजी गर्दा पाण्डेको शव जङ्गलमा भेटेको थियो । 

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ट्रक १६ लाख रुपैयाँ कायम गरी पछि दिने सर्तमा नामसारी गरेकोमा ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका थिए । घटनापछि फरार रहेका गौतमलाई नेपाल–भारत सिमाना बेलहियाबाट प्रहरीले पक्राउ गरेको थियो । 

गौतमले योजनाबद्ध रूपमा साउन ९ गते पाण्डेलाई अर्घाखाँचीमा रहेकाे घरमा गएर पैसा दिने भन्दै ललाइफकाइ गरेर पोखराथोक लगेका थिए । भोलिपल्ट घरबाट कालिज मार्न भनी झन्डै साढे दुई किलोमिटर टाढाको जङ्गलमा लगी पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी त्यही ठाउँमा रहेको भिरबाट तल खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेकाे डीएसपी थापाले बताउनुभयो । मृतक पाण्डेको पर्स पनि गौतमको घरको कोठामा भेटिएको छ ।  

शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएकाे छ । अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले त्याे गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षा, स्वास्थ्योपचारको व्यवस्था गराइ क्षतिपूर्तिसमेत दिलाउन परिवारले माग गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP