Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

करोडभन्दा बढीको सुन चोरेको आरोपमा थप ३ जना पक्राउ

धनगढी : मुम्बई जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने पक्राउ परे। नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापतिसमेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट हिजै पक्राउ गरिएको थियो।

शंकास्पद व्यक्ति चढेको सूचना बुधबार दिउँसो कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो। लामिछानेको नाम भारतको पञ्जाबमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

लामिछानेलाई बिहीबार कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार लामिछानेसँगै भारतबाट सुन तथा गहना चोरी र बिक्रीमा संलग्न अन्य ३ जनालाई पनि पक्राउ गरिएको छ। धनगढीकै थप ३ जनालाई पनि आज पक्राउ गरेर सोधपुछ भैरहेको बताइएको छ।

थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार १ करोड रूपैयाँभन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको हो।

यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत खटिएको थियो।

प्रहरी स्रोतका अनुसार डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा प्रहरी टोली सक्रिय थिए। विशेष अनुसन्धान ब्यूरोको टोली पनि केही समयअघि कैलाली पुगेर फर्किएको थियो। प्रहरीले केही गरगहना र नगदसमेत बरामद गरेको छ। तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ।

धनगढीका लामिछानेमाथि ठगीको कसुरमा पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो। लामिछानेको धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP