Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

एनपीएलको सुपरभाइजर हुँ भन्दै एक ठग एकलाख कुम्ल्याएर फरार, २७ जना न्याय माग्दै प्रहरीमा

बारा : ‘बधाई छ! तपाईंको जागिर पक्का भयो, बुधबार देखि काममा आउनुस्’ भन्दै फोन गर्ने व्यक्ति नै नक्कली निस्किएको उजुरी लिएर आइतबार एकहुल महिला प्रहरी गुहार्न पुगेका छन्। 

जागिरको लालच दिएर ठग्ने  व्यक्तिलाई समातेर न्याय दिलाउन माग गर्दै २७ जना बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयमा पुगेका हुन्। नेपाल फर्मास्यिुटीकल्स लिमिटेड एनपीएलको सुपरभाईजर दाबी गर्ने र विरगञ्ज महानगरपालिका–१४ मुर्ली घर बताउने राजकुमार महतोले आफुहरुलाई ठगेको तथा बेरोजगार बनाएको उनीहरुले आरोप लगाएका छन्।

पीडित मध्येकी २६ वर्षीया सपना परियारसँग चिनजान रहेको आधारमा गत श्रावण ५ गतेका दिन भेटेर कागजात लिएका महतोले प्रतिव्यक्तितिन हजार पाँच सयका दरले पैसा मागेको पीडित नम्रता पकुवालले बताइन्।

‘थाहै छ हाम्रोमा जागिर पाउन सजिलो छैन, भित्री रुपमा राख्ने हो, म तपाईंहरुको हितको लागि मात्रै यो सहयोग गर्दैछु’ भन्ने भनाईमा विश्वास गरेको र आफ्ना साथीहरुकै विचमा सल्लाह गरेर पैसा उठाई पठाएको पीडित शोभा देवकोटाले बताइन्। ‘एनपिएलमा जागिर भयो भने पछि खुशी भएर गरिरहेको जागिर पनि छोडियो, बदमाशको फन्दामा परियो अहिले बेरोजगार भइयो।’ उनले गुनासो पोखिन्।

उनीहरुसँग आरोपी राज कुमार महतोको नाममा रहेको एनसिसि बैंकको खाता नं. ०११००००००५५० एन मा गत मिति २०७९÷०४÷१५ मा रु. एक्काइस हजार र ०४÷१६ गते पुनः दश हजार पाँच सय रुपैंया पैसा डिपोजीट गरेको भौंचर छ भने बाँकीको रकम राजकुमारको हातैमा दिएको दावी गरेका छन्। 
उनीहरुका अनुसार दुई पटक बैंकमा र एक पटक नगद हातैमा गरी जम्मा चौरानब्बे हजार पाँच सय रुपैंया दिइएको थिए। 

काम गरिरहेको संस्थामा बिदा भएर एनपिएल जाने तयारी गरेकाहरु २१ गते साँझदेखि आरोपी महतोको फोन स्विच अफ आएपछि सशंकित भए। सबै जना सल्लाह गरी आइतबार एनपीएल पुगे। बुझ्दै जाँदा राजकुमार महतो नाम गरेको व्यक्ति बारे कम्पनीलाई जानकारी नै नभएको र जागिर पक्का भएको कुरा पनि झुटो भन्ने बुझेपछि उनीहरु प्रहरीको शरणमा पुगेका हुन्।

उजुरी परे पछि यसबारे आवस्यक कारवाही सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP