Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लाखौं ठगी गरेर दिपक लेखक फरार, पक्राउ गर्न पीडितको आग्रह


बर्दिया । करिव १ दर्जन मान्छेको अन्दाजी ७० लाख भन्दा बढी पैसा खाएर दिपक लेखक अहिले फरार भएका छन् । काठमाडौं बस्ने उनले दिएको मोबाइल नं. ९८६८०६००३६, ९८४९०३४७३६ र ९८४९२७०४६० सधै स्वीच अफ छ । विगत एकवर्षदेखि बर्दियाको राजापुरमा लुकिछिपी बस्दै आएका थिए तर अहिले एक महिनापछि उनी राजापुर छोडेर अन्यत्र लुकिछिपी बसिरहेको बताइएको छ ।

नाम गोप्य राख्ने शर्तमा एकजना पीडितका अनुसार उनले पैसा लिने र चेक दिने गर्ने गरेका रहेछन् । पछि बुझ्दै जाँदा उनले यस्तो हर्कत आफूलाई मात्र नभई अन्यलाई समेत गर्दै आएको उनले बताए । पीडितका अनुसार राजापुरमा समेत उनले यस्तो ठगी धन्दा गर्दै आएका रहेछन् ।

राजापुरमा रहेको घर समेत ५२ लाखमा बेचेर त्यो पैसा आफ्नो श्रीमती नीति सेढाई (९८५१२११४४९) लाई दिएका रहेछन् तर उनले अरुसँग लिएको ऋण चुक्ता भने गरेका रहेनछन् । पीडितका अनुसार नेपाल बैंक लिमिटेड राजापुर शाखाको १० लाखको चेक उनको “बाउन्स” प्रक्रियामा अगाडि बढाउन लाग्दा नेपाल बैंक काठमाडौंको चाबहिल शाखाले निजका श्रीमती नीति सेढाईलाई फोन गर्दा निज सेढाईले “चेक बाउन्स नगर्नुनुस्, अब हाम्रो १०–१५ दिनमा “डिभोर्स” हुँदैछ, मेरो त इज्जत नै जान्छ भन्ने जवाफ दिइन् र उनले पीडितको पैसा म २–४ दिनमा दिन्छु भन्दै बिन्ती गरिन् ।

तर पैसा आएन । निजकी श्रीमती सेढाईले “सम्बन्ध विच्छेद”को नाटक गरेर आफ्नो श्रीमानलाई जोगाउने प्रयासमा लागिन् । पछि लेखकको चेक बाउन्सको प्रक्रिया अगाडि बढ्यो । त्यस चेक बाउन्सको चिठी राजापुरस्थित नेपाल बैंकले समेत हुलालबाट चिठी पठाई सकेको अवस्थामा समेत उ फेला नपरे पछि उक्त चेक बाउन्सको प्रक्रियामा गई सकेको समेत बताए ।
उता राजापुरमा हुँदै नभएको जग्गा एकजना किसानलाई “जग्गा पास गरिदिन्छु मलाई १२ लाख अहिले देउ, म १–२ महिना पछि तिमलाई पास गरिदिन्छु” भनेर समेत भन्न भ्याएका रहेछन् । ती सोझा किसानले होला त नि भनेर पैसा दिए । अहिले ती पीडित किसान सिताराम थारु (रजपुरुवा) मोबाइल नं. ९८१२५५३४५४) ले बारम्बार फोन गर्दा निज लेखकको मोबाइल सदैव “स्वीच अफ” हुने गरेको समेत बताए ।

यी पीडितले अरुसँग मागेर लेखकलाई पैसा दिएका रहेछन् । न जग्गा पाए, न पैसा पाए । अहिले उनी ऋण तिर्न केही दिन पछि भारततर्फ काममा जान लागेको छन् । त्यतिमात्र होइन जिल्ला अदालत काठमाडौंमा समेत उनको चेक बाउन्सको मुद्धा परेको छ र ३५ दिनको म्यादभित्र अदालतमा उपस्थित हुन अदालतले आदेश जारी गरेको छ ।

त्यसैगरी अर्का सुरज नाम बताउने व्यक्तिको समेत लेखकले लाखौं पैसा खाएको र त्यो पैसा नदिएपछि उनले जिल्ला अदालत पाटन ललितपुरबाट मुद्धा हालेको र त्यो चिठी लेखकको जन्म घर बैतडीको वडामा टाँस गरिएको पाइएको छ । उनले बैतडीबाट नागरिकता लिएका रहेछन् ।

निज लेखकको चेक बाउन्सको फोटोकपी, जिल्ला अदालतमा परेको उजुरी समेत उपलब्ध गराउनु परे बर्दिया जिप्रकामा उपलब्ध गराउने बताउँदै निजलाई तत्कालै खोजतलास गरी पक्राउ समेत गर्न बर्दिया जिल्ला प्रहरीसँग अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP