Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जंगलमा छोडिएकी १५ महिने अनामिकाको मृत्यु, बुवा पक्राउ

बागलुङ : बागलुङमा बुवाको बेहोसीका कारण १५ महिने बालिकाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका वडा नम्बर ६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए। एक दिनपछि जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन्।

शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका वडा नम्बर १ अर्जमको जंगलमा भेटिएकी थिइन्। उद्धारपछि अस्पताल ल्याएपछि अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए। अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो।

त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्‍याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो।

‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्। सास पनि राम्रै फेरेझैं लाग्थ्यो‚’ गौतमले भने, ‘अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे।’ उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि अनामिका फेला परेको बताए।

‘र्जमदेखि खबरा जाने सडकनजिक गैंडाराको जंगलमा भेटिएकी थिइन् । झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो। तर भित्र गम्भीर असर गरिसकेको रहेछ‚’ उनले भने। रूँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए। रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए।

परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरबाट हिँडेका थिए। त्यस दिन छोरीलाई पतिको साथमा राखेर सरस्वती काममा गएकी थिइन्। परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको दैनिकी हो।

पतिले नै छोरीलाई त्यसरी अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीले सपनामा पनि सोच्नसम्म नसक्ने कुरा थियो। मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन्।

छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए। ‘निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकोमा ल्याएर छोरीकहाँ छिन् भनेर सोध्दा केही बोल्नुभएन। ठाउँ भनेको भए बचाउन सकिन्थ्यो होला। उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौं‚’ दीपकका भाइ गौतमले भने, ‘छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला। भीरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ।’

बुवाको बेहोसी र अनियन्त्रित आवेगका कारण सानी छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ। छोरी बितेपछि आमा सरस्वती विक्षिप्तजस्तै छन्। परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्‍याएर शव परीक्षणको पर्खाइमा छन्।

दीपक भने प्रहरी नियन्त्रणमा छन्। यससम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP