Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विदेशी बैंकमा करोडौँ कारोबार गर्ने जेल चलान

काठमाडौं : विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई प्रहरीले जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि मंगलबार डिल्लीबजार कारागार चलान गरेको हो ।

श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार २८५ अमेरिकी डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार ४२१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट दुई करोड छ लाख छ हजार ६९२ रुपैयाँ, एनआइसी एसिया बैंक लिमिटेडको खाताबाट ६५ लाख २४ हजार ९१०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र ६५ लाख रुपैयाँ अवैध कारोबार गरेको पाइएको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकी तथा कामपा–३ लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। श्रेष्ठको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ।

सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको मैनालीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP