Trending
flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम

अबदेखि एसइई परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित पार्न भन्दै बोर्डले यस्तो प्रणाली लागु गर्न लागेको हो।

गत पुस ९ गते बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त भएपछि उनले यो मुद्दालाई अगाडि बढाएका थिए। उनले अब हुने एसइई परीक्षाबाटै यो प्रणालीबाट सञ्चालन गर्ने बताए।

‘तीन बिषयको प्रश्नपत्र स्तरीकृत हुन्छन, टेस्टेड प्रश्नपत्र हुन्छन्, अब चालु एसइई परीक्षादेखि नै लागू हुने छ,’ उनले भने। अनुसार अनिवार्य विषय, गणित, विज्ञान र अंग्रेजी विषयको प्रश्नपत्र स्तरीकृत रूपबाट तयार गरेर त्यसअनुसार परीक्षा सञ्चालन गरिने छ।

‘यी विषयको परीक्षालाई स्तरीकृत परीक्षा प्रणालीको रुपमा सञ्चालन गर्ने योजना छ, यसका लागि प्रश्नपत्र निर्माणका लागि बैंक खडा गर्ने छौँ, प्रदेश आफैँले प्रश्नपत्र बनाएर परीक्षा लिए तापनि हरेक प्रदेशमा लिइने परीक्षाको प्रश्नपत्र एउटै हो/होइन भनी एकरूपताको स्तर जाँचिएको थिएन, अब भने हुन्छ’, उनले भने।

त्यस्तै, उनले अब भने यसअघिको परीक्षाको गुणस्तर हेरेर प्रश्नपत्र निर्माण गरी एउटा बैंक खडा गर्ने र त्यहाँबाट प्रदेशले प्रश्नपत्र लिने व्यवस्था मिल्ने बताए। यसरी प्रश्नपत्र छनोट, निर्माण गरेपछि कमीकमजोरी सुधार हुने र विश्‍वासनीय नतिजा आउने उनको भनाइ छ।

अघिल्ला वर्षहरुमा भन्दा २०७८ सालको एसइई परीक्षाको नतिजा कमजोर देखिएको छ। शिक्षाविद्हरूले दक्ष शिक्षक र शिक्षा प्रणालीको समीक्षा नहुँदा अपेक्षाअनुसार एसइईमा विद्यार्थीहरूले नम्बर ल्याउन नसकेको बताएका छन्।

साउन ११ गते प्रकाशित एसइई परीक्षा नतिजामा ९ हजार ६ सय ३३ जनाले मात्रै ३.६ देखि ४ सम्मको जिपिए ल्याएका छन्। यी प्रणाली लागू भएपछि कमीकमजोरी सुधार हुँदै जाने बोर्डको दाबी छ। कक्षा ८ र १२ काे पनि स्तरीकृत प्रणालीबाट नै प्रश्नपत्र निर्माण गर्ने र परीक्षा सञ्चालन गर्ने बोर्डको योजना छ।

यसअघि भएको एसइई परीक्षाबाटै प्रदेश मातहतबाट परीक्षा सञ्चालन हुन थालेको छ। तर, कक्षा–१० को प्रश्नपत्रको काम र अर्को, संघीय शिक्षा ऐन नबनेसम्म प्रमाणीकरण बोर्डबाटै हुनेछन्।

दुई महिनाभित्रमा सबै डकुमेन्ट डिजिटलाइज

​परीक्षा बोर्डका अध्यक्ष शर्माको अर्को योजना बोर्ड मातहत वितरण गरिने मार्कसिट लगायत महत्वपूर्ण डकुमेन्ट डिजिटलाइज गर्ने हो। उनले अहिले पनि डिजिटलाइजबाटै सेवा दिइरहेको जानकारी दिँदै अबको दुई महिनाभित्रमा पूर्ण कागजपत्रको डिजिटलाइज गर्ने बताए।

उनले भने, ‘अहिले पनि डिजिटलाइजको काम भइरहेको छ, कुनैको भइरहेको छ भने कुनै गर्ने प्रकृयामा छ, अबको दुई महिनासम्ममा विवरणहरू विद्युतीय माध्यमबाट हेर्न पाइने छ।’

उनले यी प्रणालीबाट सेवा प्रवाह गरेपछि विद्यार्थीहरुलाई धेरै सहजता मिल्ने विश्वास लिएका छन्। ‘अहिले धेरै विद्यार्थीहरु डकुमेन्टको लागि यहीँ धाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘यस्ता विभिन्न बाध्यतालाई अन्त्य गर्ने मेरो लक्ष्य छ।’

उनका अनुसार अहिले मार्कसिट प्रिन्टेड छन्, भोलि ती अंक उप्किए वा बिग्रिएमा समस्या पर्छ। त्यसैले त्यसलाई डिजिटलाइज्ड गरी सम्बन्धित व्यक्तिले देख्ने गरी वेवसाइटलगायत माध्यममा राख्ने उनले बताए। नयाँ शिक्षा ऐन ल्याई सांगठनिक संरचना परिवर्तन गर्नुपर्ने अवस्थासमेत देखिएकाे उनकाे भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP