Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बैतडीमा बजार अनुगमन हुन सकेन, बढ्यो कालोबजारी

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन शुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भने पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो। 

उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठ देखि हुन सकेको छैन। चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताहरूको गुनासो छ।

कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्री वितरण बढ्दो भए पनि सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाएको गुनासो उपभोक्ताको छ। 

उपभोक्ताहरूको खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीले बताए।

उनले भने, ‘बजार अनुगमन नहुँदा कालोबजारी बढेको र कालोबजारी रोक्न बजार अनुगमन गर्नुपर्छ। अनुगमनलाई औपचारिकताका लागि नभइ प्रभावकारी रुपमा  गर्नु जरुरी छ।’

यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने जिल्ला प्रशासन कार्यालय बैतडीले केही दिनमै बजार अनुगमन शुरु गर्ने तयारी गरेको बताएका छन्।

उनले भने, ‘अब छिट्टै जिल्लाका सरोकारवालाहरू सम्मिलित अनुगमन टोली बनाउँछौँ, त्यसपछि जिल्लाका बजार अनुगमन गर्ने तयारी छ।’

बजार अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन्। बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक गराउँछ भने व्यापारीलाई पनि मिति हेरेर सामान बेच्न प्रेरित गर्ने गर्दछ। समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने समेत विश्वास गरिन्छ।

गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६ सय ८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो। 

अनुगमनका क्रममा ३३ व्यवसायीमाथि कारवाही गरिएका थियो।  उक्त कारबाहीबाट २ लाख ४५ हजार जरिवाना असुल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP