Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आफ्नी बहिनीसँग प्रेम गरेको शङ्कामा २ जनाले युवकको हत्या गरे, शव भारतको रक्सौलमा भेटियो

बारा – बाराको विश्रामपुरका राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठाकुरको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका नगवामा टेलर सञ्चालन गर्दै आएका बाराको विश्रामपुरका उत्तम पटेल र उनका दाइ प्रितम पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा हत्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।

गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गर्नुभएको थियो । अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर उनको शव बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फालेर आएको बयान दिएका प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहायतामा प्रहरीले मृतक राजकुमारको शव नेपाल ल्याएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP