Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

रामेछाप – एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका ४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 
दोहोरो नागरिकताको सिफारिस दिएको आधारमा वडा सचिवलाई प्रहरीले पक्राउ परेपछि वडाध्यक्ष सुनुवार फरार भएका थिए ।

रामेछाप जिल्ला अदालतले वडाध्यक्षसमेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएअनुसार सुनुवारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीनै जनालाई दोहोरो जन्मदर्ता बनाइ दोहोरो नागरिकता लिन लागेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP