Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

८४ लाख रूपैयाँसहित प्रहरीले समात्यो ३ जना हुण्डी कारोबारी

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनजना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ।

गैरकानूनी रुपमा हुण्डीमार्फत कारोबार गर्दै आएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा महगढीमाई नगरपालिका बेनौलीका ३३ वर्षका सुनिलकुमार शाह र धनुषा जनकपुर नगरपालिकाका ३३ वर्षीय अंकित गोयन्कालाई नियन्त्रणमा लिएको हो।

श्रेष्ठको कार्यालयबाट ६० लाख रूपैयाँ, गोयन्काको कार्यालयबाट ९ लाख रूपैयाँ र फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको १५ लाख रूपैयाँको चेक बरामद गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

काठमाडौं घण्टाघर एरियामा विभिन्न व्यक्तिले राजस्व चुहावट गरि गैरकानुनी रुपमा हुण्डीमार्फत वित्तिय कारोबार गर्दै आएको विशेष सूचनाको आधारमा माधव श्रेष्ठसमेतका व्यक्तिहरूलाई  निगरानी गर्दा विशेष प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको संजोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाईछिपाई राखेको अवस्थामा नगद ६० लाख मात्र बरामद गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

श्रेष्ठको कार्यालयमा हुण्डीको भुक्तानी  गर्न आएका अकिंत गोयनकाका कर्मचारी सुनिलकुमार शाहलाई समेत नियन्त्रणमा लिई कलंकीस्थित अंकित गोयनकाले संचालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा खानतलासी गर्दा ९ लाख रूपैयाँ मात्र बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP