Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङमा अवैध हातहतियार बरामद

दाङ : दाङमा प्रहरीले २ थान अवैध हातहतियार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत साउन ३० गते राति करिब ८ बजे गढवा गाउँपालिका-१ मलमलास्थित डिलबहादुर कुमालको घरमा सोही ठाउँको बौराहा बस्ने करिब ३७ वर्षीय जमबहादुर भनेर चिनिने गंगेश्वर कुमालले अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा इप्रका गढवाको प्रहरी टोलीले २ थान अवैध बन्दुक बरामद गरेको हो।

डिलबहादुरको घरमा खानतलासी गर्दा कोठाभित्र  राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

डिलबहादुरले गोठमा लुकाएर राखेको अर्को एकनाले १२ बोरको बन्दुक एक थान पनि बरामद भएको पनि प्रवक्ता गौतमले जानकारी दिए। बरामद अवैध हतियारहरू ल्याई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

डिलबहादुरको घरमा महिला र केटाकेटी मात्र भएको र गंगेश्वरलाई खोजतलास गर्दा फेला नपरेको हुँदा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP