Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एटीएम फाेरेर १४ लाख ७१ हजार रुपैयाँ चाेरी गर्ने व्यक्ति पक्राउ

कास्की – पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हाे । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रुपन्देही बेलहिया नाकाबाट तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी अजय केसीले जानकारी दिनुभयाे । 

तामाङले पोखरा २६ अर्घाैँचोकमा रहेको एनएमबी बैंकको एटीएम विना हातहतियार खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँच सय रुपैयाँ चोरी गरेका थिए ।

वैशाखयता पोखरामा चार पटकसम्म एटीएम मेशिन फोरेर रकम निकाल्ने प्रयास भएको थियो । पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।  अन्तिम अपडेट: भदौ ५, २०७९

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP