Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अनधिकृत अनलाईन गेमिङ खेलाउने कन्सल्टेन्सी संचालकसहित ४ जना पक्राउ

काठमाडौं : अनलाईन गेमिङमार्फत् नेपालमा प्रतिबन्धित पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कन्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ वर्षीय शत प्रकाश साह र दमक नगरपालिका-७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्यूनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक एवं कमल गाउँपालिका-२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिश आर्मी ट्रेनिङ्ग सेन्टरका सञ्चालक दमक-८ का ३३ बर्षीय राजु लिम्बू रहेका छन् ।

गोप्य सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङमार्फत नेपालमा प्रतिबन्धित पैसाको हार जित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सिम झिकेर सोही सिमबाट सट्टा बाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ई-सेवा खाता खोली लाखौँको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE को प्राप्ताङ्कसमेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पक्राउ परेको यो समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP