Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बीमाकाे लाेभले टिपरमा आगाे लगाएकाे आराेपमा गाडीधनीसहित ३ जना पक्राउ

दाङ – दाङमा बन्दको नाममा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले गाडीधनीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका ८ पीपरी बस्ने ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।

पक्राउ परेका गाडीधनीले टिपर पुरानो भएर जीर्ण भएका कारण बीमा दाबी गर्न आगाे लगाएकाे बयान दिएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपासहित चार सङ्गठनले आह्वान गरेकाे नेपाल बन्दको मौका पारेर उनीहरूले घोराही–लमही सडकको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान ५ बजे आगाे लगाएका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय दाङले दिउँसो घोराहीमा गरेको पत्रकार सम्मेलनमा टिपरमा डिजल खन्याएर आगो लगाएलगत्तै उनीहरूले लमही जाँदै गरेको टिपरमा बन्दकर्ताले आफूलाई सिटबाट ओरालेर आगो लगाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । खबर गरेलगत्तै गएको प्रहरी टोलीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

यस्तै दाङमा बन्द गराउँदै हिड्ने १५ जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । दाङको घोराही र तुलसीपुरबाट चार/चार जना र लमहीबाट सात जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP