Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं : क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाखसम्म तलब हुने भन्दै पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ। सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुम पूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौँको नयाँ बानेश्वर बुद्धनगरबाट बुधबार पक्राउ गरेको हो। पक्राउ परेका अर्जुनलाई उच्च अदालतले एक करोड १९ लाख जरिवना र २४ दिन कैदका साथै सन्तोषलाई  दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाय ठहर गरेको छ। 

पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP