काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट फरार भएका कैदी पक्राउ परेका छन्।
हिजो उपचारका लागि टिचिङ अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए। उनलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जनाकारी दिए।
कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया