Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मृत्यु भएको २१ वर्षपछि राजपरिवारका ज्वाइँलाई ३० करोडको भ्रष्टाचार मुद्दा!

काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका ज्वाइँ खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ३०  करोडको भ्रष्टाचार मुद्दा दायर    गरेको छ।  

तत्कालीन राजा महेन्द्र शाहका ज्वाइँ तथा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहका भिनाजु शाहविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपैयाँ बिगो दाबीसहित आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। शाहले कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ। 

फौजदारी कार्यविधि संहिताले निधन भएका व्यक्तिलाई जेल र जरिवानाको सजाय हुन नसक्ने व्यवस्था गरेको छ। संहिताले अपराधीसँगै अपराध पनि मर्छ भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको छ। भ्रष्टाचार निवारण ऐनले भने निधन भइसके पनि व्यक्तिको हकमा सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था गरेको छ। यही व्यवस्थाबमोजिम शाहलाई कारबाहीको माग गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यी व्यवस्थाअनुसार बिगो दाबी गरिएको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा उनको नामबाट नजिकको हकवालाको नाममा गएको भए सोही सम्पत्तिबाट असुल गर्न आयोगको माग छ। शाहले गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई समेत प्रभावमा पारेर मन्दिरको नाममा रहेको आठ बिघा १० कट्ठा १२ धुर जग्गा आफ्नो नाममा पारित गराएको आयोगको दाबी छ।

२०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा राजा र राजपरिवारका सदस्यसँगै शाहको पनि निधन भएको थियो। 

शाहसँगै मन्दिरको जग्गा व्यक्तिको नाममा कायम गराउने काममा संलग्न भएको आरोपमा आयोगले गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायबसुब्बा यमुनाप्रसाद पञ्जियार, खरिदार जगदेव कामतीविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीहरू मन्दिरको जग्गा व्यक्तिको नाममा पारित गराउने, हाल साबिक गराउने तथा टिप्पणी उठाएर स्वीकृति दिने काममा संलग्न थिए। 

चारै जनालाई जनही २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ। साथै सोही कार्यमा संलग्न भएको अभियोगमा अन्य २७ जनाविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP