पाल्पा : पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा माथागढी गापा-४ झडेवास्थित नेटाका ४५ वर्षीय तिलबहादुर दिशा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। शनिबार राति ८ बजे उनका १४ वर्षीय छोराले चिर्पट प्रहार गरेका थिए।
घरमै भएको सामान्य झगडामा ती बालकले प्रहार गरेको चिर्पटले टाउकोमा लाग्दा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे प्रहरीलाई आइतबार बिहान खबर भएको थियो।
स्थानीयले फोनमार्फत खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेर ती बालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया