Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ब्राण्डेड बाेरामा कमसल चामल प्याकिङ्ग गरी बेच्ने पक्राउ

रौतहट : चामल कालोबजारी गर्ने एक जना व्यवसायीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

ब्राण्डेड चालमको बोरामा लोकल चामल प्याकिङ्ग गरिरहेको अवस्थामा गौर स्थित एक जना व्यवसायीको पसलमा रौतहट प्रहरीले छापा मारेर ठूलो परिमाणमा चामल नियन्त्रणमा लिएको हो।

जिल्लाको गौर नगरपालिका वडा नं १ रामजानकी धर्मशाला नजिक चामल पसल सञ्चालन गरेका भारतको सीतामढी जिल्ला बैरगनिया घर भएका ४४ बर्षीय राजेन्द्र प्रसाद गुप्ताले भारतीय ब्राण्डेड बोरामा कमसल चामल प्याकिङ्ग गरिरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेकाे हाे।

पक्राउ परेका गुप्ताको गोदामबाट लोकल चामल ५० बोरा खुल्ला, २९२ बोरा प्याकिङ्ग, १२० वटा खाली बोरा र एक थान बोरा सिलाउने मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ।

बरामद भएको खाद्यान्न समाग्री गुप्ताकै गोदाममा सिलबन्दी गरी गुप्तालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए।

नियन्त्रणमा लिइएका गुप्तालाई जिल्ला प्रशासन कार्यालय गौरमा कालो बजार मुद्दा शीर्षक अन्तर्गत म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी मल्लले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP