Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्काको नाममा सवारी चालकको ट्रायल दिने दुईजना पक्राउ

काठमाडौं : नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे  ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो।

सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ पकर्राउ परेका हुन्। यस्तै गोरखाको भीमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षीय राज कुमार श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।

गत साउन १९ गते देखी हालसम्म ६ नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिई कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयमा पठाएको ट्राफिक प्रहरीले  जनाएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्ति रोक्न विशेष कडाइ गरेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP