Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

तोकेभन्दा थोरै दरमा नदीजन्य पदार्थको कर उठाउने जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं : प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्ने बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई प्रतिवादी बनाउँदै आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रतिवादी पाँचै जनामाथि राजस्व चुहावटको दोब्बर जरिवाना हुन मागदाबी लिईएको छ। अख्तियारले प्रतिव्यक्ति ३४ लाख ८० हजार १३२ रूपैयाँ गरी जम्मा १ करोड ७४ लाख ६६० रूपैयाँ बिगो कायम गरी सजायको माग गरेको छ। 

उनीहरूले नगरपालिकाले ढुंगा‚ गिट्टी र बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनअनुसार तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा त्यस प्रक्रियाबिनै बिक्री वितरण दर थोरै निर्धारण गरेर सोही आधारमा राजस्व संकलन गरेको पुष्टि अख्तियारले गरेको छ।

नगरपालिकाको यस कार्यले सरकारलाई १७ लाख ४० हजार ६६ रूपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP