Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालकको मृत्युपछि चन्द्रपुर अस्पतालमा तोडफोड

रौतहट : डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको भन्दै रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालिमा तोडफोड भएको छ।

सोमबार बिहान करिब साढे पाँच बजेको समयमा चन्द्रपुर नगरपालिका वडा नं–७ घर भएका रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई समान्य ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याएको आधा घण्टामै ज्यान गएपछि स्थानीय आक्रोशित भएका थिए।

आक्रोशित स्थानीयले अस्पतालमा ढुंगा प्रहार गर्दा अस्पतालको सिसा फुटेको छ। अस्पतालका डाक्टर सुवास चौधरीले भने, डाक्टरको लापारबाहीका कारण नभएर बालकमा पहिला नै इन्फेक्सन भएका कारण मृत्यु भएको  बताए।

मृतक बालकको शव पोस्टमार्टमका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छन्। घटनाबोरे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

के भन्छन् स्थान?

चन्द्रपुर अस्पतालका डाक्टरहरुकै लापरबाहीका कारण दिपेश माझी ज्यान गएको स्थानीय बताउँछन्। चन्द्रपुर नगरपालिका वडा नं–७ का वडाअध्यक्ष विष्णुप्रसाद उप्रेतीले भने, सामान्य ज्वरो लागेको बच्चालाई उपचारको क्रममा मृत्यु भएपछि डाक्टरको लापरबाहीले ज्यान गयो भन्दा अस्पतालका सञ्चालक सुबास चौधरीले के को लापरवाही कानुनमा जानुस् भनेर पठाएका थिए।

चौधरीले आफूलाई कानुन नलाग्ने बताएका थिए। चन्द्रपुर अस्पताल प्रालिका लापरबाहीका कारण कैयौँ बिरामीले ज्यान गुमाइसकेको अवस्था छ। नियमकारी निकायले कारबाही नगर्दा सो अस्पतालका सञ्चालक सुबास चौधरीको मानोमानी बढ्दै गएको हो। चौधरीले सो अस्पतालमा सिकारु डाक्टरलाई प्रेडिकलमा राखेर अस्पताल सञ्चालन गर्दै आएको छ।

चौधरीको पैसा असुल्ने धन्दा

राम्रै एरिया पाएका चन्द्रपुर अस्पताल प्रालिमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, वाकवाकी हुने  जस्ता सामान्य  बिरामी आउनेबित्तिकै सिटिस्क्यान गरेर पैसा असुल्ने गरेको स्थानीयले बताएका छन्। सो अस्पतालमा सुत्केरी हुन आउने अधिकांश महिलालाई अप्रेसन गरेर बच्चा निकाल्ने गरेको स्थानीयको भनाइ छ।

सोमबार उपचारको क्रममा मृत्यु भएका दिपेश माझीको घटनामा सत्यतथ्य छनबिन गरेर दोषी डाक्टरलाई कारबाही गर्न स्थानियले माग गरेको छ। बिरामीका आफन्तहरुले बालकको उपचारमा लापरबाही गरेका चिकित्सकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP