Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गहना लुट्ने क्रममा वृद्धामाथि खुकुरी प्रहार गरी हत्या

काठमाडौं : ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

उनले हत्या गरेको स्वीकारेसँगै चोरी र लुटपाटको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ। सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ।

घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेपछि हत्याको घटनामा चोरी तथा लुटपाटका कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए।

घटना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरेको बताए। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए।

सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए। उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीले पक्राउ परेका दुवै उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP