Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लोहोरो प्रहार गरी हत्या गर्ने एक महिलासहित तीनजना पक्राउ

झापा : झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन्।

घटनामा संलग्न थप फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। विजयादशमीको फूलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजीतको विषयलाई लिएर विवाद भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। गुरुङको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व प्लटिङमा फेला परेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP