७ फागुन, कपिलबस्तु ।
कार्यसम्पादन मूल्यांकनमा कपिलबस्तुका १० पालिकामध्ये महाराजगंज नगरपालिका उत्कृष्ट ठहर भएको छ । कृष्णनगर नगरपालिका भने पुछारमा रहेको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दै आएकोमा महाराजगंज उत्कृष्ट भएको हो । महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरि जिल्ला प्रथम बनेको आयोगले जनाएको छ ।
जिल्लामा महाराजगंज नगरपालिका उत्कृष्ट भन्दा सबैभन्दा कमजोर मुल्यांकन कृष्णनगर नगरपालिका देखिएको छ । कार्यसम्पादन मुल्यांकनका आधारमा जिल्लामा दोस्रो अंक प्राप्त गर्न यशोधरा गाउँपालिका बनेको छ । यशोधराले ६२ दशमलव ०८ अंक प्राप्त गरेको छ ।
यसैगरि शिवराज नगरपालिकाले ६१ दशमलव ७५ अंक, बुद्धभूमि नगरपालिकाले ६० दशमलव ०९ अंक, बिजयनगर गाउँपालिकाले ५७ दशमलव ५४ अंक, बाणगंगा नगरपालिकाले ५५ दशमलव ४७ अंक प्राप्त गरेका छन् ।
मायादेवी गाउँपालिकाले ५४ दशमलव २४ अंक, शुद्धोधन गाउँपालिकाले ५३ दशमलव ५३ अंक, कपिलबस्तु नगरपालिकाले ५२ दशमलव ९९ अंक र कृष्णनगर नगरपालिकाले ४८ दशमलव ०४ अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
उल्लेखित कार्यसम्पादन मूल्यांकन गएको आर्थिक वर्ष २०७८÷०७९ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । प्रवक्ता पौडेलले भने, “प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।”
११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा प्रदेश र महानगरभन्दा गाउँपालिका सक्षम देखिएका छन् । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा प्रदेश र महानगरपालिकाभन्दा गाउँपालिकाले बढी अंक ल्याएका हुन् ।
यसैबीच, यसैगरि लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा समेत नरैनापुर गाउँपालिका उत्कृष्ट भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन प्रतिवेदनमा लुम्बिनी प्रदेशका सबै स्थानीय तहमध्ये नरैनापुर गाउँपालिका पहिलो नम्बरमा देखिएको हो । नरैनापुर गाउँपालिकाले ७८ दशमलव ५२ अंक प्राप्त गरेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा प्युठान नगरपालिकाले ७७ दशमलव २६ अंक, सिस्ने गाउँपालिका, रुकुमपूर्वले ७७ अंक, सरुमारानी गाउँपालिका, प्युठानले ७६ दशमलव ७९ अंक, गौमुखी गाउँपालिकाले ७६ दशमलव ०४ अंक प्राप्त गरि क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा आएका छन् ।
स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।
त्यस्तै, प्रदेशको हकमा लेखापरीक्षण र बेरुजु, स्थानीय तहलाई आयोगले तोकेको आधारमा अनुदान हस्तान्तरण गरे–नगरेको, सवारी कर मासिक रूपमा सञ्चित कोषमा जम्मा गरे–नगरेको, स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान विवरण चैतभित्र उपलब्ध गराए–नगराएको लगायत सूचकका आधारमा मूल्यांकन गरिएको छ ।
आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
प्रदेशमा सबैभन्दा धेरै प्रदेश १ ले ४४.३ अंक प्राप्त गरेको छ । सबैभन्दा कम मधेसले २०.५ अंक मात्रै ल्याएको छ । सबैभन्दा राम्रो कार्यसम्पादन भएको महानगर भरतपुरले ७२.२२ अंक ल्याएको छ । ४८.६६ अंकसहित पोखरा महानगरपालिका अन्तिममा छ । उपमहानगरमा ७३.२४ अंकसहित बुटवल सबैभन्दा अगाडि छ भने जितपुर–सिमराले सबैभन्दा कम ३७.४९ अंक मात्रै पाएको छ । त्यस्तै, नगरपालिकामा प्युठानले सबैभन्दा बढी ७७.२६ अंक ल्याएको छ भने सबैभन्दा कमजोर देखिएको बाराको निजगढ नगरपालिकाको ३९.११ अंक छ । गाउँपालिकातर्फ भने धनुषाको धनौजीले सबैभन्दा कम २९ अंक मात्रै प्राप्त गरेको वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ । जसअनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।
आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको प्रवक्ता पौडेलले बताउँछन् । ‘प्रदेशका हकमा ११ र स्थानीय तहका हकमा १७ सूचकलाई आधार मानेर कार्यसम्पादन मूल्यांकन गरी अंक दिइएको हो,’ उनले भने ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया