Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रहरी अनुसन्धानबाट खुल्यो रहस्य : छोराद्धारा बुबाको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा मंगरे पासीले आत्महत्या गरेको भन्न खबर वडा प्रहरी कार्यालय चन्द्रौटामा फागुन १० गते विहान आउछ । आत्महत्या गरेको खबर आए पछि तुरुन्तै वडा प्रहरी कार्यालयका प्रमुख कपिलजंग शाहिको कमाण्डमा टोली घटना स्थालमा पुग्दछ । स्थानिय गाउँहरु जम्मा भइसकेका हुन्छन ।

प्रहरी टोलीले घटना स्थल र लासको प्रकृति निरक्षण गरिरहेको हुन्छ । वडा प्रहरी कार्यालयका प्रमुख शाहिलाई घटना आत्महत्या नभइ हत्या भएको हुन सक्ने आंशका हुन्छ अनि सुरु हुन्छ घटनाको अनुसन्धान । सुरुवात घरपरिवारका सदस्य संग सोधपुछ हुन्छ घर परिवारले हत्या नभइ मंगरेले आत्महत्या नै गरेको बताउछ । जम्मा भएका गाउँलेहरुले पनि आत्महत्या भएको अनुमान लगाउछन ।

अबेर दिन सम्मको सोधपुछ र घटना स्थलको निरिक्षण पश्चात प्रहरीले घटना आत्महत्या नभइ हत्या भएको रहस्य पत्ता लगाउछ । मृतक पासीको उनकै छोरा बर्ष ३० का मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीले हत्या गरेको खुलासा हुन्छ ।मंगलबार १२ बजे मग्निराम खाना खान घर आउँछन । विहानै बहिर निस्केका मग्निराम घरमा आउँदा आफ्नो श्रीमति र बुबालाई आपत्तीजनक अवस्थामा भेटाउछन । प्रहरीका अनुसार श्रीमति र वुबालाई आपत्तीजनक अवस्थामा देखेपछि आवेगमा आइ बुबाको हत्या गरेको मग्निराम स्वीकार गरेको शाहिले बताउनु भयो । बुबाको हत्या पश्चात श्रीमान श्रीमति दुबै जना मिलेर झुण्डाएको उहाँले बताउनु भयो ।

प्रहरीले बर्ष ६४ को मंगरे पासीको हत्यामा संलग्न मृतकको छोरा बर्ष ३० का मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख ं शाहिले जानकारी दिनुभयो ।
घटनाबारे अर्को दिन बिहान ८ बजे मात्र प्रहरीलाइ सुचना पुगेको र प्रहरीले घटनास्थलबाट आबश्यक सबुद प्रमाणहरु बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP