Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो।

सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए। न्यायाधीश गिरीविरुद्ध उनकै पत्नीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन्।

न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ। यस सम्बन्धमा अनुसन्धानकै क्रममा रहेको कपिलवस्तुका डिएसपी मीनबहादुर घलेले जानकारी दिए। न्यायाधीश गिरी पक्राउ परे नपरेको विषयमा भने प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP