२१ भदौ, काठमाडौं : सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान गहना लुटिएको छ।
भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन लुटेर लगेको प्रहरीले जनाएको छ। उनको कानमा लगाएको करिब आधा तोला सुन लुटिएको हो।
‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानमा लगाएका झण्डै आधा तोलाका सुनका मुन्द्रा लुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूूचना अधिकृत डीएसपी दीपेन्द्र पञ्जियार थारुले भने, ‘लुटेरासँग प्रतिकार गर्दा उहाँ घाइतेसमेत हुनु भएको छ। हाल उहाँको वीरगञ्जमा उपचार भइरहेको छ।’
लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन्। त्यसक्रममा टाउकोमासमेत गहिरो चोट लागेको डीएसपी पञ्जियार बताए। लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया