Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली युवतीको विभत्स हत्या गर्ने भारतीय सेना कर्णेल पक्राउ

२७ भदौ, काठमाडौं : भारतमा नेपाली युवतीको हत्या गर्ने सैनिक अधिकारी (कर्णेल) पक्राउ परेका छन्।

भारतीय सेनाका ४२ वर्षका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्याय नेपाली मूलकी नेपाली युवती श्रेया शर्माको हत्या आरोपमा पक्राउ परेका हुन्।​

श्रीमती र डेढ वर्षका छोरा भएका पिता रामेन्दु र र काठमाडौंकी श्रेया विवाहेतर सम्बन्धमा थिए। उनी हालै सिलगढीबाट देहरादुनमा सरुवा भएका थिए, जहाँ उनले पहिलोपटक श्रेयालाई उनी काम गर्ने डान्स बारमा भेटेका थिए।

विवाह गर्न दबाब दिएपछि गत शनिबार राति घुम्न जाने बहानामा बाहिर लगेर उनले श्रेयाको हत्या गरेको उत्तराखण्डका प्रहरी प्रमुख एससी सरिता डोभालले जानकारी दिइन्।

शनिबार राति युवतीले काम गर्ने डान्स बारमा दुवै जनाले मदिरा सेवन गरेका थिए। तयसपछि रामेन्दुले घुम्न जाने प्रस्ताव गरेका थिए। सुनसान ठाउँमा पुगेर कार पार्क गरी श्रेयाको टाउको र मुखमा हथौडा प्रहार गरेर उनी फरार भएका थिए। प्रहरीले हत्यामा प्रयोग भएको हतियार, कार र अपराध गर्दा रामेन्दुले ​लगाएको लुगासमेत बरामद गरेको छ।​

सीसीटीभीको सहयोगमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपी रामेन्दुले हत्या गरेको स्वीकार गरेको पनि प्रहरीको भनाइ छ।

देहरादून सरुवा भएपछि श्रेयाका लागि छुट्टै फ्ल्याट भाडामा लिएर राखेको रामेन्दुले प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP