Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गत वर्ष मुलुकको २ खर्ब ६५ अर्ब ६७ करोड घाटा

काठमाडौं

बितेको आर्थिक वर्षमा मुलुकले २ खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार तथा ट्रान्सफर समावेश हुन्छ । चालु खाताको स्थितिले मुलुकको अर्थतन्त्र कति सशक्तता मापन गरिन्छ । चुलिँदो चालु खाता घाटाले अर्थतन्त्रमा आसन्न संकटको संकेत गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मुलुकको शोधनान्तर घाटा अर्थात् भुक्तानी सन्तुलनको स्थितिमा भने जेठ महिनाको भन्दा असार अन्तिममा केही सुधार देखाएको छ ।

गत आवको जेठ महिनामा ९० अर्ब ८३ करोड रूपैयाँ घाटामा थियो । सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् गतअसारमा २३ अर्ब रूपैयाँविदेशी सहायताको शोधभर्ना प्राप्त गरेकाले शोधनान्तर घाटा केहीकमभइ ६७अर्ब ४० करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४र७५ माशोधनान्तर ९६ करोड रूपैयाँ नाफामा थियो । चालु खाता र पुँजी तथा वित्तिय खाताले शोधनान्तरको स्थितिलाई देखाउँछ । पुँजी खातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक वित्तिय संस्था तथा निजी क्षेत्रले विदेशबाट ल्याएको ऋण समेत समावेश हुन्छ । पुँजीखाताको दायित्व दीर्घकालीन हुुन्छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा यसलाई अर्थतन्त्रको प्रबल सूचक मानिन्छ ।

गत आर्थिक वर्षमा विदेशी लगानी आप्रवाह पनि घटेको छ । समीक्षा अवधिमा १७ अर्ब ५१ करोड रूपैयाँ विदेशी लगानी आएको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुँदा पनि मुलुकको चालु खाता घाटा थप गहिरिएको छ । पछिल्लो समय सेवा व्यापारतर्फको घाटा पनि चुलिँदै गएको छ । समीक्षा अवधिमा सेवा व्यापारतर्फ १६ अर्ब ५२ करोड रूपैयाँ घाटा छ ।

गत आवमा विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब रूपैयाँ छ । अमेरिकी डलरमा पनि विप्रेषणको वृद्धिदर ७।८प्रतिशत छ भने नेपाली रूपैयाँमा १६।५ प्रतिशतको वृद्धिदर छ ।
उपभोक्ता मुल्यवृद्धि भने बढ्दै गएको छ । मुद्रास्फिति गत आवको अन्तिम महिनामा ६ प्रतिशत पुगेको छ । वर्षभरको औसत मुद्रास्फिति पनि २०७४–७५ को ४।२ प्रतिशतबाट वृद्धि भइ ४।६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा १४ खर्ब १९ अर्ब रूपैयाँको आयात र ९७ अर्ब ११ करोड रूपैयाँको निर्यात भइ व्यापार घाटा १३ खर्ब २१ अर्ब रूपैयाँ छ ।

गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा ५।८ प्रतिशतले घटेर ९ अर्ब ५० करोड अमेरिकी डलर छ । उपलब्ध सञ्चितिले ७।८ महिनाको आयात धान्न मात्र पर्याप्त हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा प्रमुख आयातमा पेट्रोलियम, सवारी साधन, मेसिनरी, एमएस बिलेट र सुन छन् । यस्तै, प्रमुख निर्यातको सूचीमा कार्पेट, पोलिस्टर यार्न, जुट, जुस र अलैंची रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP