Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

दूतावास बन्द गर्नु ‘नियमित मामिला’ हो : उत्तर कोरिया

१७ कार्तिक, एजेन्सी
|
उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको बताएको छ।

दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गरेपछि उत्तर कोरियाको उक्त भनाइ आएको हो।

सरकारी सञ्चारमाध्यम र स्थानीय अधिकारीहरूका अनुसार गत साता प्योङयाङले अफ्रिकी सहयोगी अङ्गोला र युगान्डामा आफ्नो दूतावास बन्द गरेको छ। त्यस्तै, हङकङ र स्पेनमा पनि कूटनीतिक नियोगहरू बन्द गरेको छ।

यसैसाता आफ्ना दूतावास बन्द गर्ने उत्तर कोरियाको कदमले उसको गम्भीर आर्थिक अवस्थालाई चित्रण गरेको छ भन्दै सोलले उत्तर कोरियालाई आफ्ना परम्परागत सहयोगीहरूसँग न्यूनतम कूटनीतिक सम्बन्ध कायम राख्न पनि गार्हो भएको बताएको छ।

तर, शुक्रबार प्योङयाङको विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको टिप्पणीमा मन्त्रालयका एक अनाम प्रवक्ताले ‘बाह्य सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्रवर्द्धन गर्नका लागि दूतावास बन्द गर्नु नियमित मामिलाको हिस्सा’ भएको बताएका छन्।

“अन्तर्राष्ट्रिय परिवेश र राज्यको विदेश नीतिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै हामी अन्य देशमा कूटनीतिक नियोग बन्द गर्न गइरहेका छौँ वा नयाँ खोल्न गइरहेका छौँ”, कुन कुन दूतावास बन्द गर्ने वा खोल्ने भन्नेबारे स्पष्ट नभएको भन्दै ती अधिकारीले भने, “हामीले पहिला पनि धेरै अवसरमा यस्तो कदम चालेका छौँ।”

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार उत्तर कोरियाको एक सय ५० भन्दा बढी मुलुकसँग कूटनीतिक सम्बन्ध छ तर आर्थिक अवरोधका कारण सन् १९९० को दशकदेखि विदेशमा उसको नियोगको सङ्ख्या घटिरहेको छ।

पछिल्लो पटक आणविक हतियार सम्पन्न उत्तर कोरियाले मुलुकमा अनिकाल लागेर लाखौँ मानिस मरेपछि सन् १९९० को दशकको मध्यदेखि अन्त्यसम्म उक्त स्तरमा कूटनीतिक नियोगको सङ्ख्या कम गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP